Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

बेल्जियममा नेपाली व्यवसायी संघको नयाँ नेतृत्व चयन, काशी दनै अध्यक्ष

  •   ५ महिना अघि | १५ बैशाख २०८३, मङ्लबार

बेल्जियम । नेपाली व्यवसायी संघ, बेल्जियमको आठौँ अधिवेशनबाट काशी दनैको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। सोमबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा पनि तय गरेको जनाएको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की चयन भएका छन् भने महासचिवको जिम्मेवारी भुवन सुवेदीले पाएका छन्। त्यसैगरी सचिवमा दिपेश सुवेदी र महिला सचिवमा रिचा गुरुङ चयन भएका छन्।

कार्यसमितिको कोषाध्यक्षमा राज पुरी र सह–कोषाध्यक्षमा जितेन्द्र केसी चयन भएका छन्। सदस्यहरूमा देबु श्रेष्ठ (लुभेन) र उमेश घिमिरे (एन्तवेरपेन) रहेका छन् भने खुला सदस्यहरूमा राजु थापा, भरत जंग क्षेत्री, कुल बहादुर कार्की र सरोज आचार्य चयन भएका छन्।

अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै संघलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ कार्यसमितिले बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको हित संरक्षण, पेशागत सुदृढीकरण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप