Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

जंगली भ्याकुर खाँदा एक जनाको मृत्यु, आठ जना अस्पतालमा

  •   ४ महिना अघि | ४ जेष्ठ २०८३, सोमवार

बागलुङ, जेठ ४ — बागलुङमा जंगलमा पाइने जंगली कन्दमूल ‘भ्याकुर’ खाँदा एक वृद्धाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्।

बडिगाड गाउँपालिका–५ खाराबजारकी ७२ वर्षीया फिरककुमारी घिमिरेको जंगली भ्याकुर सेवनपछि मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय भोजराज घिमिरेको घरमा पकाइएको उक्त कन्दमूल खाएपछि एकै गाउँका अन्य आठ जनासमेत बिरामी परेका हुन्।

बिरामी परेकाहरूमा दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे रहेका छन्। उनीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए।

पीडितहरूले भ्याकुर खाएपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुनेलगायत समस्या देखिएको बताएका छन्। उपचाररत अधिकांशको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

प्रहरीका अनुसार जंगलमा पाइने कतिपय कन्दमूल विषालु हुने भएकाले पहिचानबिनै सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ। घटनापछि स्थानीय प्रशासनले जंगली कन्दमूल तथा च्याउजस्ता खाद्य वस्तु सावधानीबिना प्रयोग नगर्न आग्रह गरेको छ।

पछिल्ला दिनहरूमा देशका विभिन्न जिल्लामा जंगली च्याउ र कन्दमूल खाँदा बिरामी पर्ने तथा मृत्यु हुने घटना बढिरहेका छन्। स्वास्थ्यकर्मीहरूले विशेषगरी वर्षायाम सुरु हुनुअघि जंगलमा उम्रिने अपरिचित वनस्पति सेवन नगर्न चेतावनी दिएका छन्।

  • Jigyasanepal

थप