Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

धनुषामा उखु बोकेको ट्याक्टर दुर्घटना : चालकको मृत्यु

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

धनुषा, मंसिर १८ - धनुषामा उखु लोड गरिएको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। मृतक महोत्तरी भंगहा नगरपालिका–४ बिर्ताका २८ वर्षीय सुनिल दास हुन्।

दुर्घटना मंगलबार बिहान साढे ९ बजेको समयमा धनुषाधाम नगरपालिका–६ स्थित जगदेव पुल नजिक पूर्व–पश्चिम लोकमार्गमा भएको हो। ढल्केबरबाट सिरहातर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दासलाई उपचारका लागि लालगढ मोडेल अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

थप अनुसन्धान जारी

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक उमाशंकर यादवका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सुरक्षाका उपाय आवश्यक

यस प्रकारका घटनाले यातायात सुरक्षा र भारी सामान ओसारपसारमा ध्यान दिनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ। स्थानीय प्रशासनले यातायात सञ्चालनमा नियम पालना गराउन कडाइ गर्नेबताएको छ।


  • Jigyasa media

थप