Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

युक्रेनका ऊर्जा पूर्वाधारमा रुसको आक्रमण: ७ जनाको मृत्यु

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

काठमाडौं, भदौ ११, २०८१ - युक्रेनमा रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको जानकारी दिएका छन्। 

आक्रमण कियभ, खारकिभ, ओडेसा, र पश्चिमी युक्रेनका विभिन्न क्षेत्रमा लक्षित थियो। युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले १५ क्षेत्रका शहरहरूमा विष्फोट भएको पुष्टि गर्दै रुसले ऊर्जा पूर्वाधारमा समेत आक्रमण गरेको बताएका छन्।

रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ। रुसले युक्रेनको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको प्रवेशपछि आक्रमण तीव्र पारेको बीबीसीले जनाएको छ।

रुस र युक्रेनबीच साढे दुई वर्षदेखि जारी लडाइँले भूमि विवादलाई चर्काउँदै लगेको छ। रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।

युक्रेनको विदेश मन्त्रालयका अधिकारी एन्ड्री सिबिहाले सामाजिक सन्जाल एक्समा गत सोमबार रुसले जलविद्युत आयोजना लगायतका ऊर्जा पूर्वाधार क्षेत्रमा आक्रमण गरेर क्षति पुर्याएको जानकारी दिए। बीबीसीका अनुसार, उत्तरपश्चिमको रिब्ने र बोलिनदेखि दक्षिण-पूर्वको जापोरिज्जासम्मको क्षेत्रमा रुसले आक्रमण गरेको छ। 

यस आक्रमणबाट राजधानी कियभको जलविद्युत आयोजनाको बाँध, विद्युत् सबस्टेसन, र तीन वटा ग्याँस कम्प्रेसर स्टेसनमा क्षति पुगेको छ। आक्रमणपछि कियभसहित विभिन्न स्थानमा बिजुली र पानीको आपूर्ति बन्द भएको थियो।

  • Jigyasa media

थप