Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट: नेपालले अन्तिम खेलमा आज युएईसँग खेल्दै

  •   २ वर्ष अघि | २८ कार्तिक २०८१, बुधबार

काठमाडौं: आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल आज युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। नेपालले यसअघि पाँच खेल खेलेर चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा मात्र हार बेहोरेको छ। यसले गर्दा नेपाललाई विश्वकपको छनोट चरण पार गर्न आजको खेलमा युएईलाई प्रभावशाली अन्तरले हराउनुपर्ने चुनौती छ।

नेपालले प्रतियोगितामा थाइल्याण्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले र चौथो खेलमा थाइल्याण्डलाई पुनः १०६ रनले हराएको थियो। पाँचौ खेलमा कुवेतविरुद्ध १६५ रनको शानदार जित निकालेको नेपाल, केवल आयोजक युएईसँगको तेस्रो खेलमा मात्र १३ रनले पराजित भएको थियो।

हालसम्म पाँच खेलमा चार जितसहित नेपालले ८ अंक हासिल गरेको छ। युएई भने पाँचै खेलमा अपराजित रहँदै १० अंकसहित शीर्ष स्थानमा छ। नेपालले आजको खेलमा जित निकाले पनि रनरेटका कारण युएईसँग उछिनिनुपर्ने छ, जसका लागि ठूलो अन्तरको जित आवश्यक छ।

खेल आज युएईको घरेलु मैदानमा नेपाली समय अनुसार दिउँसो १:३० बजे सुरु हुनेछ। प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। शीर्ष स्थानमा रहने टोली मात्र अर्को वर्ष मलेसियामा आयोजना हुने आईसीसी यू-१९ महिला टि-२० विश्वकपका लागि छनोटहुनेछ।


  • Jigyasa media

थप