Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आज देशभर मौसम सफा, पहाडी भेगमा आंशिक बदली

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

काठमाडौँ, कार्तिक २२ - आजको दिन देशभर मौसम मुख्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रहरूमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

दिउँसोको समयमा कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केही पहाडी भेगहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

रातको समयमा पनि पहाडी क्षेत्रहरूमा आंशिक बदली भए पनि अधिकांश भागमा मौसम सफा रहने छ। आगामी २४ घण्टाभित्र हल्का वर्षाको सम्भावनासँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, र यातायातमा केही क्षणिक असर पर्न सक्ने भएकाले ती क्षेत्रमा सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।


  • Jigyasa media

थप