Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

तिहार लक्षित सयपत्री फूलखेतीमा उत्साह

  •   २ वर्ष अघि | ३ कार्तिक २०८१, शनिबार

दाङ, कात्तिक ३ – कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा तिहार लक्षित व्यावसायिक सयपत्री फूलखेतीलाई थप विस्तार गरेका छन्।

१७ कट्ठा जमिन भाडामा लिएर गरिएको फूलखेतीमा अहिले सयपत्री ढकमक्क फुल्न थालेपछि, तिहारका लागि फूलको माग बढेको छ। पंगेनी र साउदको फूलबारी पहेँलै भएर, पर्यटक र स्थानीयहरू सेल्फी खिच्न आउँदै रमाइलो गरिरहेका छन्।

साउदले कृषि प्राविधिक अध्ययन गरेर फूलखेतीमा लागेका हुन्। उनले सयपत्रीमा लाग्ने रोगकिरा तथा अन्य प्राविधिक पक्षहरूको निगरानी गर्छन्। तीन वर्षअघि कपिलवस्तुमा सुरु गरेको फूलखेतीलाई उनीहरूले दाङमा विस्तार गर्दै व्यावसायिक बनाएका हुन्।

गत वर्ष तिहारमा मात्रै १३ लाख रुपैयाँ बराबरको फूल बिक्री भएको र ‘टिकटक स्पट’ निर्माण गरेर थप पाँच लाख आम्दानी गरेको साउदले जानकारी दिए। यस वर्ष भने १५ देखि २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य रहेको छ।

फूल खेतीमा कर्मा-५५५ र कर्मा-९९९ जातका सयपत्री फूलहरू प्रयोग गरिएको छ, जसका लागि ८० हजार रुपैयाँको बीउ थाइल्यान्डबाट ल्याइएको हो। दुई लाख रुपैयाँ बराबरका बिरुवा पहिले नै बिक्री भइसकेको साउदले बताए।

भाष्कर पंगेनीले बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले ‘एक सय आठ’ अवधारणा अन्तर्गत कृषि फार्म सञ्चालन गरेका छन्। उनीहरू नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन र विदेश निर्यातसम्म विस्तार गर्न चाहन्छन्। तर, स्थानीय चिस्यान केन्द्रको अभावले फूललाई दीर्घकालीन रूपमा भण्डारण गर्न चुनौती रहेको पंगेनीको भनाइ छ।


  • RSS

थप