Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

बाघको आक्रमणले ६३ वर्षीय वृद्धको मृत्यु

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१  काठमाडौं

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। विनयी त्रिवेणी गाउँपालिका-१, लक्ष्मीटाँडीका ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको हो।

थिङलाई घाँस काट्न गएका बेला तीनचुली मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार छिमेकीहरूसँग घाँस काट्न गएका थिङलाई बाघले एक्लै छोडेपछि आक्रमण गरेको हो। खोजी गर्दा थिङ मृत अवस्थामा फेला परेका थिए।

थिङको शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डा लगिएको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप