Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

सहकारी ठगी प्रकरण: कांग्रेस नेता धनराज गुरुङकी पत्नीविरुद्ध इन्टरपोलमा पत्राचार

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

काठमाडौं, ६ कात्तिक: सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’ पत्नी ज्योति गुरुङसहित दुई जनालाई पक्राउ गर्न इन्टरपोललाई पत्राचार गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल कन्ट्रोल ब्युरो (एनसिबी)ले इन्टरपोलमा रेड नोटिस जारी गर्न पत्र पठाएको हो।

ललितपुरस्थित मितेरी सहकारीको बचत अपचलनमा अनुसन्धान भइरहेको छ, जसमा गुरुङ तत्कालीन प्रबन्ध निर्देशक थिइन्। सहकारीले बचतकर्ताहरूको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ। यसमा गुरुङसँगै सहकारीका अर्का संलग्न ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न माग गरिएको छ।

धनराज गुरुङले २०७६ सालमा ज्योतिसँग कागजी सम्बन्धविच्छेद गरे पनि व्यवहारिक रूपमा उनीहरूबीचको सम्बन्ध अझै कायम रहेको चर्चा छ। यसलाई सहकारी ठगीबाट उम्किनका लागि गरिएको नक्कली डिभोर्स भनिएको छ। धनराजले डिभोर्सपछि पनि ज्योतिको नाममा ऋण तिरिरहेको बताइन्छ। प्रहरीको अनुसार, ज्योति गुरुङ हाल अमेरिकामा रहेकी छन्।


  • Jigyasa media

थप