काभ्रे ।
काभ्रेको तेमाल गाउँपालिकामा बाढी र पहिरोले अवरुद्ध भएका कच्ची सडकहरू मर्मत सँगै पुनर्स्थापनाको क्रममा खुल्न थालेका छन्। केही ठाउँमा जोखिम भए पनि मंगलटारमा रोकिएका गाडीहरूलाई आजबाट काल्धर हुँदै कुरुवास, काङ्लिङ हुँदै भकुण्डे निस्कन थालेका छन् । आज बाट यो सडक अरु केही जिल्ला र पालिकाले समेत वैकल्पिक मार्गका रूपमा सो सडक प्रयोग गर्न सक्ने बताइन्छ । लामो समयदेखि रोकीएका यातायात आज बाट फेरि सुचारु भएका छन्।
अब काभ्रेको भकुन्डेबेंसीबाट तिमाल हुदै मध्यपहाडी लाेकमार्ग छुने सडक खण्ड खैरेनीहुँदै बीपी राजमार्ग छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर छ । यो सडक आजबाट नै मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको छ भने भोलिबाट यात्रुवाहक बस सञ्चालनमा आउने बताइन्छ ।

काल्धरमा हिमपाइपको सहायताले बाढी र आएको पानी हरु लाई पठाउने काम भए पछि सडक सुचारु भएको तेमाल गाउँपालिका वडा नंवर ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले बताए । उनले भने पहिरोले क्षतिग्रस्त सडकहरू पुनः सञ्चालनमा ल्याउन काम गरिरहेका छौं । बिजुली बत्ती को काम पनि तिब्र अगाडि बढेको छ । उनले क्षति विवरणहरु को प्रारम्भिक अनुमान गरिए पनि एकिन डाटा केही दिनमा आउने तामाङले भनेका छन् उनले सबै ठाउँबाट सबैले विपत्मा सहयोग गर्न सहयोग गर्नेहरू लाई धन्यवाद सँगै अपिल समेत गरेका छन् ।
उक्त खोलिएको सडक विशेष गरी मङ्गलटार, काल्धर, कुरुवास, र काङ्लिङ बाट भकुण्डे निस्कने सडकले तत्काल लाई अरु जिल्ला र पालिका जान समेत सहयोग पुग्ने बताइन्छ । ती मुख्य क्षेत्रहरूमा जान अब यातायात सुचारु भएसँगै आवतजावतमा सहजता आएको छ।

रोशी गाउँपालिका ९ र तेमाल गाउँपालिका ७ जोड्ने काल्धर बेसिसम्मको सडक आज बिहान बाट पुनर्स्थापना गरिएको थियो, जसले क्षेत्रका जनतालाई राहत दिएको छ। पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि, समुदाय, र सुरक्षाकर्मीहरूको सहकार्यमा बाटो निर्माणको काम छिटो सम्पन्न गरिएको हो।
यो मार्गले तेमाल क्षेत्रको यातायात सुचारु भई चाड बाड नजिकिँदै गर्दा फर्कने र जाने यात्रु हरुलाई आवत जावत गर्न सहयोग पुर्याएको छ, जसले क्षेत्रको जनजीवनलाई सहज बनाउने अपेक्षा गरिएको बताइन्छ ।
- Jigyasa media