Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

बसको ठक्करले बालिकाको मृत्यु, बसमा आगजनी पछि तनावपूर्ण स्थिति

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

सुनसरी ।  कोशी राजमार्गअन्तर्गत खनारको शान्ति चोकमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ। बसको ठक्करपछि स्थानीयले बसमा आगजनी गरेपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ।

इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सम्झना यादवलाई विद्यालयबाट फर्कने क्रममा मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिएको थियो। घटनास्थलमै ज्यान गुमाएकी यादव स्थानीय जनता माध्यमिक विद्यालयकी छात्रा थिइन्।

दुर्घटनापछि आक्रोशित स्थानीयले घटनास्थलबाट भागेको बसलाई कोशी राजमार्गकै पुलनजिक फेला पारी आगो लगाएका छन्। आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

प्रहरीका अनुसार, घटनापछि असन्तुष्ट स्थानीयले कोशी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रु ग्यास प्रहार गरे पनि प्रदर्शनकारीले सडक छाड्न मानेका छैनन्।

सडक अबरुद्ध र झडप

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले खनारको अवस्था तनावपूर्ण रहेको बताए। सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। स्थानीयले बालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।


  • Jigyasa media

थप