Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

ट्याक्टर दुर्घटना: दुईजनाको मृत्यु, चार घाइते

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।

गएराति ग १ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको थियो भने देविन विकको उपचारका क्रममा लुलाङ स्वास्थ्य चौकीमा निधन भएको हो।

दुर्घटनामा घाइते भएका सोही स्थानका कविराज विक र कमल विक, मालिका गाउँपालिका–६ दरबाङका विकास विक तथा धवलागिरि गाउँपालिका–४ का किस्मत विकलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बेनी लगिएको थियो। गम्भीर अवस्थाका एकजनालाई पोखराको मणिपाल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप