Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

सुनसरीमा लागुऔषध कारोबारमा संलग्न सात व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

सुनसरी - सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित एक होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर सातजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले घटनाको पुष्टि गरेका छन्।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका–३ का अनिल विक, कञ्चन राई, सन्दीप राई, वडा नम्बर–७ का कर्ण राई, आकास राई, अस्बिन श्रेष्ठ, र हिमन सुनुवार रहेका छन्। उनीहरूको साथबाट ३०५ पिस ट्रामाडोल, २९० पिस डिकोलिक ट्याब्लेट र नगद ९,९१५ रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

लागुऔषध कारोबार भइरहेको जानकारी पाएपछि नडाहामा कुमार राईले सञ्चालन गरेको होटलमा प्रहरीले छापा मारेको हो। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी रहेको छ।


  • Jigyasa media

थप