Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

रसुवामा २ किलो सुन बरामद, एक व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | ७ मंसिर २०८१, शुक्रबार

रसुवा – जिल्ला प्रहरी कार्यालय रसुवाले कालिका गाउँपालिका-१ ग्राङमा मोटरसाइकल चेकजाँचका क्रममा गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धीमका ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार लामाले मोटरसाइकलमा लुकाइछिपाइ राखेको २ किलो सुनजस्तो देखिने पहेँलो धातु फेला परेको हो। चेकजाँचका क्रममा धातुसहित मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।


बरामद धातु, मोटरसाइकल, र व्यक्तिलाई थप अनुसन्धानका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप विवरण आउन बाँकी छ।

यस क्षेत्रबाट यस्ता अवैध वस्तु ओसारपसारका घटनाहरू भइरहँदा प्रहरीले निगरानी बढाएको जनाएको छ।


  • Jigyasanepal

थप