सुर्खेत/ श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले २४ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्। २०५७ सालमा उनले श्रीमती नामसरादेवी कँडेललाई भारतको गोरखपुरमा एक भारतीय नागरिकलाई बेच्ने प्रयास गरेका थिए।
प्रहरीका अनुसार भक्तबहादुरले २०५७ सालमा नामसरालाई भारत पुर्याएर १५ हजार भारुमा बेच्ने योजना बनाएका थिए। नामसरा भागेर भारतीय प्रहरीको शरणमा पुगेपछि, उनलाई नेपाल फर्काइएको थियो। त्यसबेलादेखि फरार रहेका भक्तबहादुरलाई हाल सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले फरार अभियुक्तहरूको खोजतलासलाई प्राथमिकता दिएको छ, र भक्तबहादुरको घरमै लुकीछिपी बसेको सुराकीका आधारमा उनलाई पक्राउ गरिएकोहो।
- Jigyasa media