सप्तरी ।
सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पृतमलाल चौधरीको आइतबार हृदयघातका कारण असामयिक निधन भएको छ। ६० वर्षीय चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनकाे निधनपछि डाकनेश्वरी नगरपालिकाले नगर र मातहतका निकायमा शोक बिदा घोषणा गरेको छ।
डाकनेश्वरी नगर प्रमुख रामलखन मल्लाहले चौधरीको निधनले नगरपालिकामा ठूलो शोक छाएको बताए। यसअघि पनि डाकनेश्वरी–४ का वडाध्यक्ष हरिप्रसाद रायको मृत्युले नगरपालिकामा शोक परेको थियो भने, वडा २ का वडाध्यक्ष रहमान मियाँ सामाजिक सुरक्षा भत्तामा अपचलनको आरोपमा हाल जेलमा छन्।
निरन्तरका नेतृत्व गुमाइरहेका कारण डाकनेश्वरीमा राजनीतिक नेतृत्वको अभाव थप जटिल हुँदै गइरहेको छ।
- Jigyasa media