Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

प्यूठानमा माडी नदीमा दुई जनाको शव फेला

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

प्यूठान - माडी नदीमा दुई जनाको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिएअनुसार, स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी नगरपालिका-३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव भेटिएको हो।

बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको नजिकै दुई सय मिटर तल फेला परेको छ।

खनालको भने, स्वर्गद्वारी मन्दिरको दर्शनपछि फर्किने क्रममा बेलिब्रिजको छेउमा नुहाउने क्रममा नदीले बगाएको थियो। उनकाे शव गोठिबाङको घण्टीखोला दोभानमा भेटिएको प्रहरीले जानकारी दिएको छ।


  • Jigyasa media

थप