काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-८ स्थित अरनिको राजमार्ग (५९ किलो) सडक खण्डमा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको भए पनि अन्दाजी ३० देखि ३५ वर्षको देखिने उक्त पुरुषले निलो जिन्स पाइन्ट र कालो लामो बाहुला भएको टिसर्ट लगाएको अवस्थामा शव फेला परेको हो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव जाँच मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाइसकेको छ। शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। प्रहरीले हराइरहेका व्यक्तिको पहिचानका लागि सहयोग गर्न अनुरोध गर्दै मृतकलाई चिन्न सक्ने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न आग्रह गरेको
छ।
- Jigyasa media