Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

एसईई पूरक परीक्षा: ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

काठमाडौं, असोज ८ – राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ विद्यार्थीमध्ये ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार ४२५ जनाले ग्रेड (पास) गरेका छन्।

२०८० सालमा सञ्चालित कक्षा १० को एसईई पूरक परीक्षाको नतिजा साउन २३ देखि ३१ सम्म सञ्चालन गरिएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार नन ग्रेड वा अनुपस्थित विद्यार्थीको संख्या ९० हजार ८८८ रहेको छ। साथै, ८ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ।

नतिजा विवरण अनुसार, ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना छन्। त्यस्तै, जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना र जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।

यो परीक्षामा सहभागी विद्यार्थीहरूले आफ्नो परिणाममार्फत ग्रेड सुधार गर्दै शैक्षिक उन्नति हासिल गरेका छन्।


  • Jigyasa media

थप