Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

साउदीमा १ महिनामा १६ जना नेपालीको मृत्यु

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

साउदी अरेबिया, भदौ ११, २०८१ - साउदी अरेबियामा वैदेशिक रोजगारीको क्रममा नेपाली कामदारको मृत्यु हुने संख्या बढ्दो छ। गत साउन महिनामा मात्र विभिन्न कारणले १६ जना नेपालीको मृत्यु भएको छ। 

नेपाली दूतावासका स्रोतका अनुसार, मृत्यु भएका १६ जनामध्ये ४ जनाको मृत्यु प्राकृतिक कारणले, ३ जनाको मृत्यु अज्ञात कारणले, ५ जना सडक दुर्घटनामा, १ जना कार्य दुर्घटनामा, र ३ जनाले आत्महत्या गरेका छन्। नेपाली कामदारहरूको मृत्यु दर बढ्दै गएकोले दूतावासले खानपिन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।

साउदी अरेबियामा मृतकको इन्स्योरेन्स रकम उपलब्ध गराउने प्रक्रियाले गर्दा शव नेपाल ल्याउन करिब १ महिना लाग्ने गर्दछ। आत्महत्या सम्बन्धी घटनाहरूमा भने परिस्थिति हेरी ३ महिना सम्म पनि लाग्न सक्ने जानकारी दूतावासले दिएको छ।

साउदी अरेबियामा कार्यरत नेपालीहरूले दूतावासले स्थापना गरेको खुल्ला सुझाव पेटिकामा आफ्ना समस्या र सुझावहरू राख्ने क्रम बढेको छ। दूतावासले यी समस्या तथा सुझावलाई सम्बोधन गर्न सम्बन्धित निकायसँग छलफल गरी समाधानको प्रयास गरिरहेको छ।

हाल साउदी अरेबियामा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ। दूतावास रियादले नेपाली कामदारहरूको हकहितको संरक्षणका लागि विभिन्न कर्मचारीहरूको कार्य विभाजन अनुसारको सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ।

  • Jigyasa media

थप