Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

जब आफ्नै ज्वाइँले गरे सासुको हत्या ..!

  •   २ वर्ष अघि | ७ पुस २०८१, आइतवार

काभ्रे, पुष ७ – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं. १, गैरीगाउँ घिसिङ टोलमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। ५२ वर्षीया तिनमाया तामाङ आफ्नै घरको मझेरीमा मृत अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धानले हत्याको रहस्य बाहिर ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार मिति २०८१।०८।३० गते साँझ ६:२० बजे घटना भएको हो। मृतक तिनमाया तामाङको शव फेला परेपछि अस्थायी प्रहरी चौकी अट्टेडाँडाबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राख्दै अनुसन्धान प्रारम्भ गरेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी २८ वर्षीय ज्वाइँ सुक बहादुर तामाङलाई मिति २०८१।०९।०५ गते पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा सुक बहादुरले सासुले काम नगर्ने भन्दै बारम्बार गाली गर्ने गरेको र सोही दिन पनि गाली गरेपछि आवेगमा आएर मुक्का प्रहार गरी टाउको थाममा ठोक्काई हत्या गरेको बयान दिएका छन्।

प्रहरीले अभियुक्त सुक बहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको छ। घटनास्थलमा SOCO अधिकृतसहितको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ । अभियुक्तको सुक बहादुर तामाङ वर्ष २८का मण्डनदेउपुर नगरपालिका वडा नं. २ ठेगानाका हुन । प्रहरीका अनुसार घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ। प्रहरीका अनुसार परिवारभित्रको आपसी विवाद र मानसिक तनावले यो गम्भीर घटना भएको बताएको छ।

  • Jigyasa media

थप