Breaking News
श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||    

भूकम्पका कारण स्नातक परीक्षा १५ मिनेट थप

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा भूकम्पका कारण प्रभावित भएपछि परीक्षा समय १५ मिनेट थप गरेको छ।

आज बिहान ७ बजेबाट सुरु हुने तालिका रहेको परीक्षा ६:५० मा गएको भूकम्पका कारण केहीबेर प्रभावित भएको थियो। चीनको सीमावर्ती क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टरस्केलको भूकम्पले परीक्षा स्थलहरूमा केही अवरोध उत्पन्न गरेको थियो।

त्रिभुवन विश्वविद्यालयका अनुसार परीक्षा हलमा तत्कालै व्यवस्थापन गरिँदै परीक्षा समयमा १५ मिनेटको थप समय दिइएको छ। परीक्षार्थीहरूलाई आवश्यक समय मिलाएर परीक्षा सञ्चालन गरिएको र अहिले सबै परीक्षा सामान्य रूपमा चलिरहेको विश्वविद्यालयले जनाएको छ।

यो भूकम्पका कारण अन्य क्षेत्रहरूमा पनि हलचल मच्चिए पनि त्रिविका परीक्षा स्थलहरूमा कुनै गम्भीर क्षति भएको विवरण प्राप्त भएको छैन। परीक्षा व्यवस्थापनको यो निर्णयले विद्यार्थीहरूको समयतालिका प्रभावकारी बनाएको छ।


  • Jigyasa media

थप