Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

क्षतिग्रस्त सडक र पुल मर्मत गर्न २ अर्ब ५० करोड आवश्यक

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

काठमाडौँ, असोज १५ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी र पहिरोले क्षतिग्रस्त बनेका सडक र पुल मर्मत तथा सुधार गर्न २ अर्ब ५० करोड लागत लाग्ने जानकारी दिएको छ। मन्त्रालयका प्रेस संयोजक गोपाल झापालीका अनुसार, ती सडक तथा पुलहरूको मर्मतपछिको यातायात सञ्चालनका लागि यति ठूलो बजेट आवश्यक पर्नेछ।

मन्त्रालयको तथ्याङ्कअनुसार, अहिलेसम्म १४ वटा राजमार्ग र ४२ स्थानमा यातायात अवरुद्ध रहेको छ। प्रमुख प्रभावित राजमार्गहरूमा अरनिको, बिपी, कान्ति, पुष्पलाल मध्यपहाडी, मेची, मदन भण्डारी, र कालिगण्डकी कोरिडोर समावेश छन्।

सडकहरूको साथै, पाँच पुलमा पनि क्षति पुगेको छ। यसमा सिन्धुरेटार र फोक्सिङटारका सुनकोशी पुल, अरनिको राजमार्गको लिपिङ पुल, इलामको माइपोखरी सडकको राते खोला पुल, र लार्चा तथा हेवा खोलाका बेलिब्रिजहरू छन्।

मन्त्रालयले अहिलेसम्मको प्रयासले पृथ्वी राजमार्गको नौबिसे-मुग्लिङ खण्डमा अवरोध हटाई एकतर्फी यातायात सञ्चालन गर्न सफल भएको जानकारी दिएको छ। बाँकी क्षेत्रमा यातायात सुचारु गर्न थप सुधार र मर्मत कार्यलाई तीव्रता दिइँदैछ।


  • Jigyasa media

थप