Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

हुम्ला जीप दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लको मृत्यु

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

काठमाडौँ । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको छ। मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको गए राति कर्णाली प्रदेश अस्पताल, काला गाउँ सुर्खेतमा उपचारका क्रममा निधन भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।

दुर्घटना बुधबार बिहान चङ्खेली गाउँपालिका-२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरी सल्लामा भएको थियो। उक्त जीप मल्लले चार-पाँच महिना अगाडि मात्रै किनेका थिए। रमेश मल्ल सानै उमेरमा बुबा गुमाएका थिए र घरपरिवारको भरणपोषणका लागि भर्खरै जीप किनेका थिए। रमेशकी आमा, श्रीमती, र दुई सन्तान छन्, उनी घरको एक्लो छोरा थिए।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य तीन जनालाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल, काला गाउँ ल्याइएको थियो। गम्भीर घाइतेमा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथरारा नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत रहेका छन्, उनीहरूको सघन उपचार कक्षमा उपचार भइरहेको छ। अन्य सामान्य घाइतेहरूको चङ्खेली गाउँपालिकाको दार्मा स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

  • Jigyasa media

थप