Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पशुचौपायामा रेबिज संक्रमणको पुष्टि

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

हुम्ला । सिमकोट गाउँपालिका–७, डाँडाफयाँमा पशुचौपायामा रेबिज रोगको संक्रमण देखा परेको छ। एक साताअघि नै ४ वटा झोपा (गाई-भैंसीको संकर प्रजाति)को असामयिक मृत्यु भएपछि शंकास्पद रोग पहिचान गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाले बिरामी पशुको र्याल परीक्षण गराएको थियो। परीक्षणका क्रममा रेबिज रोग पुष्टि भएको कार्यालयले जानकारी दिएको छ।

पशु अस्पतालका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाका अनुसार मृत पशुको कलेजो, आन्द्रा, र फोक्सोमा विशेष लक्षणहरू नदेखिएपछि जिउँदो पशुको र्याल सुर्खेतमा परीक्षणका लागि पठाइएको थियो, जसमा रेबिज देखिएको हो। थप पुष्टि गर्न स्वाब नमुना काठमाडौं पठाइएको छ। रोकायाले रोग नियन्त्रणका लागि आवश्यक १,००० डोज रेबिज खोपको माग गरिएको र त्यसै दिन जिल्लामा खोप वितरण थालिने जानकारी दिएका छन्।

यसैबीच, नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा ५ वटा कुकुरले ५ जनालाई टोकेको रिपोर्ट आएको र यस स्थानमा १०० डोज रेबिज खोप पठाइएको छ। सिमकोटको ठेहे गाउँमा पनि केही चौपायाको मृत्युको खबर आएको छ, जसको छानबिन भइरहेको छ।


  • Jigyasa media

थप