Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुने

  •   २ वर्ष अघि | ८ पुस २०८१, सोमवार

८ पुस, काठमाडौं। पश्चिम नेपालमा आजदेखि हिउँदे वर्षाको शुरुवात हुँदैछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने जनाएको छ।

काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। साथै, शुक्रबार अर्को वर्षा गराउने प्रणाली सक्रिय हुने भए पनि यसले मुख्यतः पश्चिम नेपाललाई मात्र प्रभावित गर्ने बताइएको छ।

तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेकाले यातायातमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले तापक्रममा गिरावट आउन सक्ने र जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। जाडो बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले सबैमा आग्रह गरेको छ।

कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मंगलबार पनि बदली रहँदै वर्षा र हिमपातको सम्भावनारहेको छ।


  • Jigyasa media

थप