काठमाडौं — ‘हनी ट्र्याप’ प्रकरणमा मुछिएकी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख, प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार शाहीलाई पक्राउ गर्न कानुनी बाटो खुलेको छ, र खोजी कार्य जारी रहेको छ।
शाहीमाथि पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेर बलात्कारको झुठो आरोप लगाउने योजना बनाएको आरोप छ। पीडितको उजुरीपछि यो घटना बाहिर आएको हो। अनुसन्धानका क्रममा शाहीलाई जिम्मेवारीबाट हटाई निलम्बन गरिएको थियो।
यस प्रकरणमा अन्य ४ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ, जसमा प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत सहायक हवलदारसहित भीमादेवी थापा, सुस्मा विक, र ताज मूल इस्लाम समावेश छन्। फरार अभियुक्त दर्शन पोखरेलको खोजी कार्य जारी रहेको छ।
- Jigyasa media