काठमाडौँ । झापा प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्।
सोमबार बिहान दमक नगरपालिका–५ बानेश्वर हाइटस्थित सडकबाट गजमेरलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार, उनको साथबाट ‘मेड इन इटाली’ लेखिएको एकथान पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको छ।
गजमेर को३८प ५६४९ नम्बरको स्कुटरमा सवार थिए। प्रहरी चेकजाँचका क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा उक्त हतियार फेला परेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
- Jigyasa media