Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

रेड पाण्डाको छालासहित एक व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

काठमाडौं – दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएका ४५ वर्षीय तारा थापा रहेका छन्।


प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले मंगलबार दिउँसो विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो। रेड पाण्डाको छाला अवैध रूपमा किनबेच गर्ने तयारी भइरहेकाले प्रहरीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप