Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

प्रधानमन्त्री ओलीले बुबाबाट दशैंको टीका ग्रहण गरे

  •   २ वर्ष अघि | २६ असोज २०८१, शनिबार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको विजया दशमीको टीका आफ्ना बुबा मोहनप्रसाद ओलीबाट बालुवाटारस्थित आफ्नो निवासमा ग्रहण गरेका छन्। शुभ साइतमा बिहान टीका लगाएको अवसरमा बुबाले उनलाई आशीर्वाद पनि प्रदान गरेका हुन्।

प्रधानमन्त्री ओलीले पारिवारिक टीका कार्यक्रम सम्पन्न गरेपछि मन्त्रीहरू, सांसदहरू, विशिष्ट श्रेणीका कर्मचारी, र सर्वसाधारणलाई पनि टीका लगाउने कार्यक्रम रहेको छ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज दिउँसो ३:३० देखि साँझ ५ बजेसम्म राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम छ।


  • Jigyasa media

थप