Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कवि दीपक मुडभरीको निधन

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

काठमाडौं । मेरिल्याण्ड (अमेरिका)। मकवानपुर हेटौंडाका कवि दीपक मुडभरी ‘मित्र’ को मेरिल्याण्डको एक अस्पतालमा उपचारको क्रममा ३ जुलाईका दिन निधन भएको छ ।

२०१८ साल पुस ८ गते मकवानपुरको हेटौंडामा जन्मिएका उनी कविता विधामा सकृय थिए । नेपालमा रहँदा उनले “अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित गरेर धेरै साहित्यकारलाई सो पत्रिका मार्फत् प्रकाशनको मञ्च प्रदान गरेका थिए ।

अठोट पत्रिकामा राष्ट्रिय स्तरका स्थापित लेखकका रचनाका साथै र स्थानिय साहित्यकारका रचनाहरुलाई समेत प्रोत्साहन दिएका थिए । उनले “स्थानीय कविता अङ्क” का रुपमा केही अङ्क प्रकाशन गरेका थिए ।

उनी मकवानपुर साहित्य परिषदका संस्थापक महासचिव थिए ।

उनको कविता सङ्ग्रह भने अमेरिका गएपछि मात्र प्रकाशन हुन सक्यो । उनको एकमात्र कविता सङ्ग्रह “केही अस्पष्ट रेखाहरु” २०७४ साल माघमा प्रकाशित भएको थियो ।

उनले आफ्नो कविता सङ्ग्रह प्रकाशनको सिलसिलामा नेपालमा रहँदा आफ्ना दिवंगत पिता माताको नाममा मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले ब्यबस्थापन गर्ने गरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गरेका थिए र यो बर्सेनि प्रदान गरिंदै आएको छ ।

उनलाई साहित्य संगम नुवाकोटले “संगम साहित्य पुरस्कार एबम् सम्मान २०८१” प्रदान गरिएको थियो र सो सम्मान साहित्यकार एमपी पाण्डेले नुवाकोटमा ग्रहण गरेका थिए ।

उनी आफ्नो दोश्रो कविता संग्रह “केही अतृप्त स्पर्शहरु” प्रकाशनको तयारीमा थिए ।                                                    स्रोत: अनलाइखबरमा

  • Jigyasa media

थप