Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काभ्रेमा सस र चाउमिन कारखानामा आगलागी, पूर्ण रूपमा नष्ट

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

काभ्रे: काभ्रेको धुलिखेल नगरपालिका-२, थिङ्ग गाउँमा सस र चाउमिन बनाउने एक कारखानामा बिहीबार बिहान आगलागी भएको छ। जिल्ला दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका शम्भु कार्कीले सञ्चालन गर्दै आएको फलामको ट्रस्ट र जस्ताले बनेको टहरामा बिहान करिब ५:३० बजे आगलागी भएको जानकारी प्राप्त भएको हो।

प्रहरीलाई आगलागीको खबर बिहान ५:५५ बजे प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। स्थानीयहरूको सहयोगमा करिब ६:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। 

आगलागीले कारखानामा बनाइएको सस, चाउमिन, कच्चा पदार्थ, १९ थान सस र चाउमिन बनाउने मेसिन, र बा ३९ प १७९७ नम्बरको मोटरसाइकलसहित कारखाना पूर्ण रूपमा जलेर नष्ट भएको छ। तर, कुनै पनि मानवीय क्षति भने भएको छैन।

कारखाना सञ्चालक शम्भु कार्कीका अनुसार, उक्त कारखाना बुधबार राति ८:०० बजे बन्द गरिएको थियो र बिहीबार बिहान ५:३० बजे पुनः कारखाना खोल्न जाँदा आगो बलिरहेको अवस्थामा देखिएको थियो। आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप