काठमाडौँ, कीर्तिपुर - कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।
उनको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गरिने ढकालले बताए। मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो।
नकर्मी नेपाली काँग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित भएका थिए। उनका एक छोरा, एक छोरी र श्रीमती छन्। यसैबीच, कीर्तिपुर नगरपालिकाले मेयर नकर्मीको निधनमा आज शोक बिदा दिएको छ।
- Jigyasa media