काठमाडौं – असार ९, सोमबार
आज देशका विभिन्न भूभागमा मौसम अझै सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असार ९ गते सोमबारका लागि केही प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार:
🌧 दिउँसोको मौसम (असार ९)
देशको पहाडी भेगका थोरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना।
कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान।
उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना।
🌩 रातिको मौसम (असार ९)
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना।
यी प्रदेशहरूकै एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान।
उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना कायमै।
⚠️ कति पानी परे कस्तो मानिन्छ? (वर्षा मापन अनुसार वर्गीकरण)
१० मि.मि. भन्दा कम – हल्का वर्षा
१०–५० मि.मि. – मध्यम वर्षा
५०–१०० मि.मि. – भारी वर्षा
१००–२०० मि.मि. – धेरै भारी वर्षा
२०० मि.मि. भन्दा बढी – अति भारी वर्षा
📌 वर्षा ‘कहाँ’ भन्ने व्याख्या यसरी बुझ्नुस्:
एक–दुई स्थान – सम्बन्धित प्रदेशको १०% भन्दा कम भाग
थोरै स्थान – १०% देखि ३०%
केही स्थान – ३०% देखि ५०%
धेरै स्थान – ५०% देखि ८०%
अधिकांश स्थान – ८०% भन्दा बढी क्षेत्र
🛑 सावधानी अपनाउनुहोस्:
भारी वर्षाले नदीमा आकस्मिक बाढी, पहिरोको जोखिम, तथा सडक अवरोध निम्त्याउन सक्छ ।
यात्रा गर्दा सावधानी अपनाउन तथा सुरक्षित स्थानमा बस्न मौसमविद्हarूको आग्रह।
बाढी–पहिरो सम्भावित क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन अनुरोध।
-
Jigyasanepal