मुम्बई – भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वीय क्षेत्रमा शनिबार भएको हिंसात्मक झडपमा पाँच जनाको ज्यान गएको छ। घटनामा दुई समुदायबीचको बढ्दो तनावका कारण झडप भएको हो, जसले गर्दा यस क्षेत्रमा लामो समयदेखि जारी द्वन्द्वले फेरि उग्र रूप लिएको छ।
म्यानमारसँग सिमाना जोडिएको जिरिबाम जिल्लामा दुई समुदायबीच भएको पछिल्लो झडपमा पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। एक सरकारी स्रोतले जानकारी दिँदै भने, "जिरिबाममा बिहानैदेखि दुई पक्षबीच संघर्ष जारी छ, अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ। थप विवरणको प्रतिक्षामा छौं।"
स्थानीय सञ्चार माध्यमले जनाएअनुसार, एक जनाको सुतिरहेको अवस्थामा गोली हानेर हत्या गरिएको थियो भने अन्य चार जनाको मृत्यु त्यसपछि भएको गोली हानाहानको क्रममा भएको हो। यो घटना मणिपुर राज्यको हो
- Jigyasa media