काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले जारी गरेको सूचनामा इण्डियन आयल कर्पोरेशनबाट घटेर आएको नयाँ मूल्यलाई आधार मान्दै डिजेल र मट्टितेलको मूल्य घटाइएको जनाइएको छ। नयाँ मूल्य कात्तिक १६ गते राति १२ बजेदेखि लागू हुने छ।
यसअनुसार, पहिलो क्षेत्रका लागि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५०, दोस्रो क्षेत्रका लागि १४९, र तेस्रो क्षेत्रका लागि १५० रुपैयाँ कायम गरिएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेकोछ।
- Jigyasa media