अर्घाखाँची । सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ।
शितगंगा नगरपालिका-१४ ढावास्थित छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु वाणगंगा नगरपालिका-२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीको खोलाले बगाएर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरका अनुसार, मंगलबार दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवैजनाको शव खोलामा मृत अवस्थामा फेला परेको छ। प्रहरीले घटनास्थलमा तत्कालै पुगेर शव निकाल्ने कार्य सम्पन्न गरेको प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए।
- Jigyasa media