काठमाण्डौ ।
देशभर आज आंशिकदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रहरूमा हल्का वर्षा हुने अनुमान गरिएको छ। तापक्रम १८ डिग्री सेल्सियसदेखि २८ डिग्री सेल्सियसबीच रहने सम्भावना छ। दिनभरि आकाशमा बादलले ढाकिएको अवस्था रहनेछ भने साँझतिर सामान्य वर्षा हुने संभावना छ।
तराई क्षेत्र, विशेष गरी विराटनगर, जनकपुर, र नेपालगञ्ज लगायतका ठाउँहरूमा गर्मी बढ्न सक्नेछ। तापक्रम २५ डिग्री सेल्सियसदेखि ३५ डिग्री सेल्सियसबीच रहनेछ। यी क्षेत्रमा दिउँसो आंशिक बदली रहनुका साथै बेलुका हल्का पानी पर्ने सम्भावना छ।
पोखरा लगायतका पहाडी क्षेत्रमा भने मध्यम वर्षा हुने अनुमान गरिएको छ। तापक्रम २० डिग्रीदेखि ३० डिग्री सेल्सियससम्म रहनेछ।
मौसमविद्हरूका अनुसार देशका केही क्षेत्रमा अझै पनि मनसुन सक्रिय रहेको र यो क्रम केही दिनसम्म जारी रहन सक्नेछ ।
- Jigyasa media