काठमाडौं – वैदेशिक रोजगारको नाममा ठगी गरेको अभियोगमा प्रहरीले ४४ वर्षीया कमला चुडाललाई पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका–३, मनकामनामा बस्ने चुडालले पोल्याण्ड पठाउने भन्दै एक व्यक्तिबाट रु तीन लाख ठगी गरेकी थिइन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पीडितको उजुरीपछि चुडाललाई पक्राउ गरिएको हो। विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ।
- Jigyasa media