काठमाण्डौ ।
१. कोशी प्रदेश
आज कोशी प्रदेश मा आंशिकदेखि पूर्ण बदली रहनेछ। बिहान र बेलुकाको समयमा पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ। तापक्रममा सामान्य गिरावट आउनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छैन।
२. मधेश प्रदेश
मधेश प्रदेशमा आंशिक बदली रहनेछ। केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ, विशेष गरी दिउँसो र साँझको समयमा। तापक्रम समान्य रहला।
३. बागमती प्रदेश
बागमती प्रदेशमा दिनभरि आंशिकदेखि पूर्ण बदली रहनेछ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी क्षेत्रमा आंशिक वर्षा हुनसक्छ।
४. गण्डकी प्रदेश
गण्डकी प्रदेशमा आज आंशिक बदली रहनेछ। दिउँसो र साँझको समयमा केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पोखरा क्षेत्रमा पनि समान्य वर्षा हुने संकेत छ। तापक्रम समान्य रहला।
५. लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा आंशिकदेखि पूर्ण बदली रहनेछ। बुटवल र आसपासका क्षेत्रमा बेलुकाको समयमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रको तापक्रम सामान्य रहला।
६. कर्णाली प्रदेश
कर्णाली प्रदेशमा आज आंशिकदेखि पूर्ण बदली रहनेछ। पहाडी र हिमाली क्षेत्रमा दिउँसो र साँझको समयमा हल्का वर्षा हुने सम्भावना छ। तापक्रममा थोरै गिरावट आउनेछ।
७. सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा आज दिनभरि आंशिक बदली रहनेछ। कैलाली, डोटी र आसपासका क्षेत्रमा बेलुकीपख हल्का वर्षा हुने सम्भावना छ। पहाडी क्षेत्रमा तापक्रम सामान्य रहला।
यात्राको योजना बनाउनु अघि मौसमको अवस्थाबारे जानकार रहनुहोला। पानी पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउनु होला । बाढी पहिरो बाट उच्च सतर्क रहनुहोस्।
- Jigyasa media