Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

काभ्रेमा पहिरोले घर क्षति, ५ लाख ५० हजार बराबरको धनमाल नष्ट

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

जिज्ञासा नेपाल डटकम, काभ्रे ।काभ्रेको मण्डनदेउपुर नगरपालिका-५, डोटेलगाउँमा पहिरोले घर पुरिँदा ठूलो धनमालको क्षति भएको छ। अबिरल वर्षाका कारण २०८१ भदौ ५ गते दिउँसो करिब २ बजे दुर्गा प्रसाद डोटेलको दुईतले कच्ची घर पहिरोमा पुरिँदा घर पूर्ण रूपमा ध्वस्त भएको हो।


प्रहरीका अनुसार, घर पछाडिको जमिनबाट खसेको पहिरोले ढुंगा-माटोले बनेको घर पुरिँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, र अन्य सम्पत्ति नष्ट भएको छ। तर, यस घटनामा कुनै मानविय तथा चौपाया क्षति भने नभएको बताइएको छ।


घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको छ। स्थानीय बासिन्दाहरूलाई थप सतर्क रहन अनुरोध गरिएको छ। मण्डनदेउपुर क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण पहिरोको जोखिम बढेको छ। 


**सम्बन्धित समाचारहरू:**

- [पहिरोको जोखिममा रहेका स्थानहरूमा सतर्कता अपनाउन अनुरोध](#)

- [अविरल वर्षाले देशभर बाढी र पहिरोको त्रास](#)

  • Jigyasa media

थप