Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

मानव अधिकार दिवस र लैङ्गिक हिंसा विरुद्धको अभियानमा पनौती महिला समूह ५५ सक्रिय

  •   २ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

पनौती, मंसिर २५ – मानव अधिकार दिवस (डिसेम्बर १०) र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर एम्नेष्टी इन्टरनेसनल पनौती महिला समूह ५५ द्वारा आयोजित मानव अधिकार शिक्षा, "राइट फर राइट" अभियान तथा लैङ्गिक हिंसा सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम पनौती नगरपालिका वडा नम्बर ७ स्थित श्री नवरत्न अंग्रेजी माविमा सम्पन्न भएको छ।


कार्यक्रमको संयोजन समूह ५५ की गीता तिम्ल्सिनाले गर्नुभएको थियो। प्रमुख अतिथि पनौती वडा नम्बर ७ स्वास्थ्य संस्थाका प्रमुख हेमलता मसराङ्गी रहनुभएको थियो भने विशिष्ट अतिथिमा विद्यालयकी एमडी मञ्जु देउजा र सहायक प्रधानाध्यापक सृजन पसछे रहनुभएको थियो।

कार्यक्रमको उद्घाटन विधिवत रूपमा एमडी मञ्जु देउजाले ब्यानर पढेर गर्नुभएको थियो। स्वागत मन्तव्य समूह ५५ की सदस्य मनिला खड्का केसिले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव गीता सापकोटा तिम्ल्सिनाले गर्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा मानव अधिकार र लैङ्गिक हिंसा विषयमा बालबालिकाहरूसँग खुलेर छलफल गरिएको थियो। कक्षा सञ्चालन संयोजक गीता तिम्ल्सिना र प्रमुख अतिथि हेमलता मसराङ्गीले गर्नुभएको थियो। कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा मानव अधिकारप्रति सचेतना बढाउनुका साथै लैङ्गिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन सहयोग पुग्ने आयोजकहरूको विश्वास रहेको छ।


अभियानका गतिविधिहरू:

मानव अधिकार शिक्षा

"राइट फर राइट" हस्ताक्षर अभियान

लैङ्गिक हिंसा विरुद्धको सचेतना कक्षा

सहभागिता र अन्तरक्रियात्मक सत्र

प्रमुख उद्देश्य:

कार्यक्रमले बालबालिकाहरूमा अधिकार र दायित्वबारे चेतना फैलाउनका साथै लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणका लागि योगदान पु¥याउने लक्ष्य राखेको छ।

पनौती महिला समूह ५५ ले आगामी दिनमा पनि यस्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता जनाएको छ।


  • Jigyasa media

थप