Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

लागूऔषधसहित तीन जना पक्राउ

  •   २ वर्ष अघि | ३ साउन २०८१, बिहिबार

सिरहा । - सिरहामा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका–४ का २० वर्षीय रौसाद राइन, सिरहा कर्जन्हा नगरपालिका–३ का २४ वर्षीय समीर बोगटी, र सोही ठाउँका २० वर्षीय सरोज भन्ने शरद महरा रहेका छन्।


इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित श्री फुलकुमारी विद्यालय गेट अगाडि रहेको चिया पसल नजिक लागूऔषध सेवन गरिरहेको अवस्थामा तीनै जनालाई पक्राउ गरेको हो। चेकजाँच गर्दा उनीहरूको साथबाट प्लास्टिकमा बेरिएको लागूऔषध ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ ३३० मिलिग्राम र प्लास्टिक बाहेक २८० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।


पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

  • Jigyasa media

थप