Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

श्रीकृष्ण जन्माष्टमी: श्रद्धा, भक्तिभाव र सत्कर्मको महोत्सव

  •   २ वर्ष अघि | १० भदौ २०८१, सोमवार

काठमाडौं— आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्मिएका भगवान् श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ, जसले मानवताका लागि सत्य र सत्कर्मको मार्ग देखाए। 

यस विशेष अवसरमा, देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजनकीर्तन हुँदैछ। विशेषगरी महिला र पुरुषहरूले व्रत बसी रातभर जाग्राम बस्ने परम्परा रहेको छ। 

भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार, र राक्षसी प्रवृत्तिबाट मानवताको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। कुरुक्षेत्रमा अर्जुनलाई दिएको उपदेशबाट उत्पन्न 'श्रीमद्भागवतगीता' पवित्र ग्रन्थ मानिन्छ, जसले विश्वभर मान्यता पाएको छ। 

श्रीकृष्णको लीला र दानवी प्रवृत्तिको संहार गर्ने कार्यका कारण उहाँलाई आदर्श मानिएको छ। पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा आज ठूलो मेला लागिरहेको छ भने कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम र बूढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा पनि भक्तजनको भीड लागेको छ। 

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ। राजधानीका विभिन्न स्थानका कृष्ण मन्दिरमा पनि भक्तजनहरूको ठूलो भीड छ। विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने चलन छ, जुन आज मध्यरातमा श्रीकृष्णको जन्मपश्चात् निकालिने छ।

यस पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने सामुदायिक तथा संस्थागत विद्यालयहरूले बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा शृङ्गार गरेर विविध कार्यक्रम आयोजना गरेका छन्, जसले बालबालिकालाई यस पर्वको महत्व बुझ्न सहयोग पुर्याएको छ।

  • Jigyasa media

थप