काभ्रे । २८ वर्षीया ममता काफ्ले भट्टको मृत्यु र शव लुकाउने घटनाले अहिले विश्वव्यापी चासो र आक्रोश उत्पन्न गरेको छ। ममताको श्रीमान् नरेश भट्टमाथि ममतालाई हत्या गरी शवलाई घरबाट बाहिर लुकाएको आरोप लागेको छ। यो प्रकरणले नरेशको क्रूरता खुला गरेको छ । 
नरेश र ममताको सम्बन्धको विगत
ममता काफ्ले भट्ट, काभ्रे पनौती-६ की एक नेपाली चेली हुन । सानी उमेर देखि जिज्ञासु र तिष्ण स्वभाव भएकी ममताले पढाइ जीवन मा पनि उत्कृष्ठ हासिल गर्दै गईन् । र उनको सपना थियो सामाजिक जीवन आर्थिक जीवन बलियो बनाउने ...! ।
जसले २०७७ सालमा अमेरिकी फौजी समेत रहेका नरेश भट्टसँग विवाह गरेपछि अमेरिका बस्न थालेकी थिइन्। भारतको बैंगलोरमा बीएससी नर्सिङ मा आफ्नो सपना पूरा गरेकी ममताले आफ्नो प्रारम्भिक शिक्षा बेलर कलेज बनेपाबाट पूरा गरिन् र नरेशको प्रेम कथा भने। सामाजिक सञ्जाल फेसबुक बाट हुन पुग्छ ।

नेपालकाे ग्रामीण जन जीवनबाट अमेरिका बस्ने सपना जोकोहीले राख्छ नैं सायद त्यो सपना ममता मा पनि थियो । २०७७ सालमा विवाह गरेपछि ममता र नरेश संयुक्त रूपमा अमेरिका बस्न थाले। ममता भर्जिनिया राज्यको मनासासमा आफ्नो परिवारसँग बस्दै आएकी थिइन्।
नरेश र ममताको सम्बन्धको आरम्भ नेपालमा नै विवाह भए पछि भएको थियो। नेपाली चेलीको प्रेम र समर्पणको यो कथा, जुन एउटा सामान्य नेपाली परिवारको कुरा हो, तर यो अहिले दर्दनाक कथा को रूपमा उदय भएको छ । अब भने अहिले यो सम्बन्धको टुङ्गो, अपराध र कानूनी विवादमा परिणत भएको छ। नरेश र ममता अमेरिकामा बस्न थालेपछि, उनीहरूको व्यक्तिगत जीवनमा समस्या उत्पन्न भएको अनुमान गरिएको छ। यो समस्याले अन्ततः हत्या र शव लुकाउने जस्तो खतरनाक घटना निम्त्याएको छ।

ममताका पति जो उनको हत्यामा संलग्न आरोपमा पक्राऊ परेका छन्
हत्याको आरोप र अमेरिकी कानुनमा कानूनी कारवाही
नरेश भट्टमाथि ममतालाई हत्या गरेर शव लुकाएको आरोप प्रहरीको लागेको छ। अदालतका कागजात अनुसार, नरेशले ममता काफ्ले भट्टलाई ३० जुलाईको आसपास हत्या गरेको र शवलाई घरबाट बाहिर लुकाएको आरोप छ। अदालतमा प्रस्तुत भएका कागजातहरूमा, रगतका थोपहरु र रगतका छिटाहरूको प्रमाण प्रस्तुत गरिएको छ।
नरेश भट्टलाई शव लुकाउने आरोपमा अमेरिकी कानुनको गम्भीर अपराधको अभियोग लगाइएको छ। २२ अगस्टमा उनलाई अदालतमा पेश गरिएको थियो, र उनले जमानतको लागि निवेदन दिएका थिए, जुन अस्वीकृत गरिएको छ। आगामी २४ अगस्ट को प्रारम्भिक सुनुवाइ तय गरिएको बताइन्छ ।
क्रूर घटनाको विवरणपूर्ण अनुसन्धान चरम यातना पछि हत्या
पछिल्लो समय अमेरिकी प्रहरीले दिएको अन्तरिम अनुसन्धानमा, घरको बाथरूम र अन्य भागहरूमा रगतका चिन्हहरू फेला परेको बताइन्छ । जसमा ब्लूस्टार प्रविधिको प्रयोग गरेर रगतको उपस्थिति पुष्टि गरिएको थियो । अनुसन्धानकर्ताहरूले बताएको छ कि ममता काफ्ले भट्टको शव घरको भित्र थियो र त्यसपछि बाहिर त घिसारेर dragged गरिएको थियो। उसले २९ जुलाईमा सफा गर्ने समान र तीन वटा चक्कु किनेको समेत खुलेको छ ।
प्रहरीले नरेश भट्टको घरमा १० वटा खोज तलास गरिसकेको बताइन्छ ममता काफ्ले भट्टका फोन र डेटा संकलन गरेर, ममता काफ्ले भट्टको फोन २९ जुलाईमा पूर्ण रुपमा नरेशले नैं फुटाएर बन्द गरेका थिए ।

मृतक ममता काफ्लेकी आमा
समुदाय र परिवारको प्रतिक्रिया
ममता काफ्ले भट्टका परिवार र साथीहरूले यो घटनाका बारेमा जानकारी पाएपछि गहिरो आश्चर्य र दुःख व्यक्त गरेका छन्। ममताका पूर्व सहकर्मी होली विर्थले सार्वजनिक प्रेस सम्मेलनमा भने, "ममता एक अत्यन्तै मिठास र मृदुभाषी व्यक्ति थिइन्। यो घटनामा भएको क्रूरता अत्यन्तै भयानक छ।"
विर्थले पनि ममताका आमालाई आपतकालीन भिजा जारी गरिएको र उनीलाई छिटो अमेरिका ल्याउने प्रयास भइरहेको जानकारी दिनुभएको छ। ममता र नरेशको ११ महिनाको छोरी, नीमा, अहिले सामाजिक सेवा विभाग द्वारा अनुमोदित हेरचाहकर्ताको हेरचाहमा छ। ममताका परिवार र समुदायले नीमाको हेरचाहका लागि एक सहयोग कोष GoFundMe खाता स्थापना गरेका छन्।

अंततः
यो घटनाले ममता काफ्ले भट्टको जीवनको अन्त्यलाई मात्र होइन, सयौ जीवनहरु लाई झस्काएको छ आजको नेपाली समाजमा यस्तो क्रूर घटना हुनु एक दुखद कुरा हो । पारिवारिक कथा छुट्टै भए पनि नेपाली चेलीहरुको यो विवश घटनाले सयौ को मन पोलेको छ अझै न्यायको लागि अमेरिकी कानूनी प्रक्रियामा जटिलता उत्पन्न हुन सक्ने समेत आशंका छ । यो नेपाली समाजमा ममता काफ्ले भट्टको कथा एक गहिरो असर पार्नेछ। यो घटना एउटा चासोको विषय बनेको छ, जसले आगामी दिनहरूमा अझै धेरै अन्वेषण र बहसलाई निम्त्याउनेछ। ममता जस्तै नारी चेलीहरु लाई हामी अनायासै गुमाउन चाहँदैनौं तसर्थ आफ्नो पीडा दुःख र आफ्नो सबै अपडेट आफ्नो नजिकको साथी भाई परिवार लाई शेयर गर्ने बानी गर्नुहोस्।।
- Jigyasa media