Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

जलविद्युत आयोजनामा निरीक्षणका क्रममा ढुंगा लागेर कर्मचारीको मृत्यु

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

पाँचथर – हिलिहाङ गाउँपालिका-१ स्थित काबेली ‘ए’ जलविद्युत आयोजनामा मंगलबार बिहान एक कर्मचारीको निरीक्षणका क्रममा दुर्घटनामा परेर मृत्यु भएको छ। मोरङ, सुन्दरहरैंचा नगरपालिका-११ सलकपुरका २६ वर्षीय उद्धव ढकालको टाउकोमा ढुंगा लागेर ज्यान गएको हो।

साँझ ९:३० बजे, उद्धव ढकाल आफ्नो मोटरसाइकलमा जलविद्युत प्रोजेक्टको कच्ची बाटो हुँदै निरीक्षणमा निस्किएका थिए। त्यही बेला अचानक माथिबाट खसेको ढुंगाले उनको टाउकोमा लाग्दा गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई तुरुन्तै इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याएको थियो। थप उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा लगिएको भए पनि, चिकित्सकहरूले बिहान ११:५० बजे उनलाई मृत घोषित गरेका थिए।

उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका-९ का ५७ वर्षीय तुलसी बहादुर खड्का भने सामान्य अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ। मृतकको शव हाल जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको छ, र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीले जनाएका छन । 

  • Jigyasa media

थप