Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

शान्तिपूर्ण दबाबको जीत: हवाई एम्बुलेन्सको माग पूरा गर्न सिलवालले अनशन तोडे

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

तेह्रथुमका दीपक सिलवालको हवाई एम्बुलेन्सको मागमा सरकारको सकारात्मक प्रतिक्रिया, पाँच बुँदे सहमति पश्चात अनशनको अन्त्य

काठमाडौं। हवाई उद्धारलाई प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग राखेर विगत एक महिनादेखि अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आज गृह मन्त्रालयसँग पाँच बुँदे सहमति भएपछि अनशन तोडेका छन्। गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच भएको यस सहमतिले सिलवालको शान्तिपूर्ण संघर्षलाई नयाँ मोड दिएको छ। गृहमन्त्री रमेश लेखकले सिलवाललाई जुस पिलाएर अनशन तोडाएका हुन्।

गृहमन्त्री लेखकले सिलवालको मागलाई गम्भीर र समय सापेक्ष ठहर गर्दै उद्धार प्रणालीमा आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाए। उनले हालको उद्धार सेवाले सबै क्षेत्रलाई समेट्न नसकेको स्वीकार गर्दै हवाई एम्बुलेन्सको माग जायज रहेको बताए। यस सन्दर्भमा सिलवालले हरेक प्रदेशमा कम्तिमा पनि चारवटा हवाई एम्बुलेन्सको आवश्यकता औंल्याएका थिए।

सिलवालको अनशनले नागरिकको जीवन रक्षा र प्रभावकारी उद्धारको महत्त्वलाई प्रष्ट रूपमा अगाडि ल्याएको छ। सरकारले यस विषयलाई प्राथमिकतामा राखी कार्यविधि संशोधन गर्ने प्रतिबद्धता जनाएको छ।


  • Jigyasa media

थप