काठमाडौं: झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ का ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ का ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्देका ५३ वर्षीय छिरिङ ढुन्डुप, र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ का ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन्।
प्रहरीले जुवा कसूरको अनुसन्धानको क्रममा तिब्बती नागरिक सोनाम तामाङ भनिने सोनामको साथबाट धादिङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको नेपाली नागरिकता (ना.प्र.न. २६-०१-८१-०३२१७) बरामद गरेको थियो। अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले ४ लाख रुपैयाँमा बनाई दिएको तथ्य खुलेपछि प्रहरीले छिरिङ ढुन्डुपसहित अन्य ३ जनालाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ।
- Jigyasa media