Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

तनहुँमा भारतीय बस दुर्घटनामा १४ को मृत्यु, उद्धार कार्य जारी

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

काठमाडौँ  । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खस्दा १४ जनाको मृत्यु भएको छ। घटनास्थलमा सशस्त्र प्रहरीको टोलीले दिउँसो १ बजेसम्म १४ जनाको शव निकालिसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान तनहुँको ऐनापहरा भन्ने स्थानमा दुर्घटना भएको हो। बस खस्दा १६ जना घाइतेको उद्धार गरिएको छ। डीएसपी दीपक कुमार रायका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना यात्रु सवार थिए, र मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

उद्धार कार्यमा एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना सशस्त्र प्रहरी बलका कर्मचारी र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली परिचालित छन्। 

घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ताहरू डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धार कार्यमा सक्रिय छन्।

  • Jigyasa media

थप