कपिलवस्तु । भैरहवा–तौलिहवा सडक खण्डको लुम्बिनी नजिक आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार, र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मृतकमा वाणगंगा नगरपालिका–४ का ४५ वर्षीय कार चालक इन्द्रबहादुर सार्की र प्युठान पकला गाउँपालिका–७ का ४३ वर्षीय भीमबहादुर सारु रहेका छन्। दुर्घटनामा कारमा सवार अन्य एक व्यक्ति गम्भीर घाइते भएका छन्। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा परी ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम, र आठजना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पंकज चुदालीले जानकारी दिए।
दुर्घटनामा संलग्न बसका चालक मायादेवी गाउँपालिका–४, बनकसियाका ३७ वर्षीय सुरेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सडकमा यात्रा गर्दा सवारी साधनको गति सीमा, ट्राफिक नियम, र सावधानी अपनाउन सबैले ध्यान दिनुपर्छ। यात्राको सुरक्षा हाम्रो जिम्मेवारी हो ।
- Jigyasa media